काठमाडौं, साउन २० – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउन गर्ने वा नगर्नेबारे प्रधानमन्त्रीले डाक्टर तथा विज्ञसँग छलफल गर्नुपर्ने बताएका छन्।
कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भइरहेका बेला मंगलबार बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको बैठक सकेर निस्केका सभापति देउवाले पत्रकारहरूसँग कुराकानी गर्दै लकडाउनको आवश्यकता छ वा छैन भन्नेबारे नेतालाई थाहा नहुने बताएका हुन्।
‘लकडाउन खोलेर बिग्रेको हो,’ कोरोना संक्रमित वृद्धि भइरहेकोतर्फ संकेत गर्दै देउवाले भने, ‘पोलिटिसियनलाई बोलाएर छलफल गरेर के कामरु लकडाउन गर्नेरनगर्नेबारे डाक्टर र विज्ञसँग प्रधानमन्त्रीले छलफल गर्नुपर्छ। विज्ञसँग छलफल गर्नुस् उनीहरूलाई थाहा हुन्छ भनेको छु।’
नेतालाई अहिलेको अवस्थामा लकडाउन गर्नुपर्ने आवश्यकता छ वा छैन भन्नेबारे केही थाहा नहुने देउवाको भनाइ छ। ‘मान्छेको जिन्दगी ठूलो हो। मरेपछि उसलाई बचाउन सकिन्न,’ उनले भने, ‘लकडाउनबारे सुझाव विज्ञले दिने हो। डाक्टरले दिने हो। मैले त मान्छे मर्न दिन हुन्न भन्ने त हो।’
पिसिआरको दायरा वृद्धि गर्न आफूले माग गरेको पनि देउवाले बताए। ‘पिसिआरको दायरा बढाउनुपर्छ भनेर पहिलेदेखि नै भन्दै आएको हुँ। पिसिआर यति भयो उति भयो भन्छन् तर खोइ बढाएकोरु’ उनले प्रश्न गरे।
उक्त छलफलमा प्रधानमन्त्री ओलीले अहिलेसम्म पिसिआर गरिएको संख्यालगायतबारे जानकारी गराएका थिए। ‘यति गरेको छु उति गरेको छु भन्छन् तर पिसिआरको दायरा बढाएका छैनन्,’ देउवाले भने, ‘क्वारेन्टिन, आइसोलेसन पनि राम्रो बनाउनुपर्यो।’
FACEBOOK COMMENTS