काठमाडौं,चैत १६- सरकारले घोषणा गरेको लकडाउनको आज छैठौं दिन हो । आज दिउँसो १ बजेलाई कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक डाकिएको छ । बैंठकमा लकडाउन थप एक साता थप्ने विषयमा समेत निर्णय लिने तयारी गरिएको छ ।
देशमा कोरोना भाइसर संक्रमण बिरामीको सङख्या बढिरहेकाले यो जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन समय थप गर्न लागेको उच्च स्रोतले जानकारी दिएको छ। बैंठकमा अब दोस्रो चरणमा सात दिन वा एकैचोटी दुई साता थप्ने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
यसका साथै बैठकमा विभिन्न उपसमितिमार्फत सरकारले कोरोना संक्रमणविरुद्ध गरेका कामकारवाहीबारे विश्लेषण गर्नुका साथै थप निर्णयहरु लिनेछ । बैंठकमा न्यून आय भएका श्रमिक र मजदुरका लागि विशेष राहत प्याकेजका बारेमा पनि छलफल हुनेछ ।
उच्चस्तरीय समन्वय समितिको बैंठक लगतै अपरान्ह चार बजे मन्त्रिपरिषद बैठक पनि बस्दैं छ ।
FACEBOOK COMMENTS