काठमाडौं, साउन २४। लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिडेटले डिजिटल च्यानल मार्फत वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले शुक्रबार युके एड सक्षम एक्सेस टु फाइनान्ससँग सम्झौता गरेको छ ।
सम्झौता पत्रमा लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा र सक्षमका टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका थिए । लघुवित्त सेवा प्रवाहको माध्यमलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि मैत्री बनाउने उद्देश्यले नयाँ केन्द्रीकृत सफ्टवेयर खरिद गर्नका लागि सम्झौता भएको हो ।
कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत शर्माले “ग्रामीण भेगका पिछडिएका वर्गहरुलाई सुरक्षित तवरले छिटो, छरितो लघुवित्त सेवा प्रदान गर्न नयाँ आयाम थप्न महत्वपूर्ण भूमिका खेल्नेबारे प्रकाश पारेका थिए ।
यसबाट लघुवित्तमा आवद्ध हुने ग्राहक सदस्यहरुले वाणिज्य बैंक सरहका मोवाइल बैकिङ, इन्टरनेट बैंकिङ, एटिएम,ट्यावलेट बैकिङ, डिजिटल पेमेन्ट,– पासबुकजस्ताइ अत्याधुनिक बैकिङ सुविधाहरु उपयोग गर्न सक्नेछन्।
सक्षम, एक्सेस ट फाइनान्स नेपाल तथा संयुक्त अधिराज्यका सरकारबीच भएको सहमति अनुसार युके एडको आर्थि सहयोगमा सञ्चालित कार्यक्रम हो । डीएफ्आइडी नेपालको लागि लुइस बर्जरले स्थानीय तथाष्ट्रय् अन्तर्राि संस्थाहरूको साझेदारीमा यसको कार्यान्वयन गरिरहेको छ ।
FACEBOOK COMMENTS