काठमाडौं – लकडाउनपछि शेयर बजारमा नियमित रुपमा कारोबार भएको ४ दिन मात्रै भयो । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० को निर्णय अनुसार दैनिक ४ घण्टा बजार कारोबार हुँदा यो अवधिमा १६ घण्टा कारोबार हुनुपथ्र्यो ।
तर ४ दिनको अवधिमा मुस्किलले एक तिहाई अवधि मात्रै कारोबार हुन सकेको छ । ४ दिनको अवधिमा कुल ५ घण्टा ४६ मिनेट मात्रै कारोबार हुन सकेको हो । पर्याप्त समय कारोबार हुन नसकेकोले कारोबार भएकोले यो अवधिमा कुल १ अर्ब ५९ करोड बराबरको ४० लाख ९ हजार कित्ता शेयर कारोबार मात्रै हुन सक्यो ।
सोमबार बजार खुलेदेखि नै बजारमा बिक्रीको चाप निकै बढ्यो । सोही कारण पहिलो ४० मिनेटमै नेप्से परिसूचकमा ४८ अंकको गिरावट आएपछि नेगेटिभ सर्किट लागेर २० मिनेटका लागि स्थगित भएको थियो ।
नयाँ सर्किट ब्रोकर प्रणाली अनुसार शेयर बजारमा कारोबार खुलेको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढ्यो भने पहिलो सर्किट ब्रेकर लगाइन्छ । पहिलोपटक सर्किट ब्रेकर लाग्दा २० मिनेटका लागि कारोबार स्थगित हुन्छ ।
त्यस्तै, ५ प्रतिशतले बजार घटबढ हुँदा ४० मिनेट र ६ प्रतिशत बजार घटबढ हुँदा दिनभरका लागि कारोबार स्थगित हुन्छ । सोही प्रणाली अनुसार नेप्सेमा २० मिनेट कारोबार स्थगित भएको थियो ।
तर पहिलो सर्किट ब्रेकरपछि त्यो दिन बजार सम्हालियो । कारोबार सुरु भएपछि बजार बढ्दै जाँदा गिरावट शून्यनजिक पुगेको थियो । तर अन्तिम घण्टामा फेरि शेयर बजार घट्न थाल्यो र करिब १२ अंकको गिरावटमै बजार थामियो । यो हिसाबले सोमबार ३ घण्टा ४० मिनेट बजारमा कारोबार हुन सक्यो ।
मंगलबार, बुधबार र बिहीबार भने अवस्था निकै फरक रह्यो
मंगलबार खुलेको बजारमा पहिलो ४८ मिनेटमा परिसूचक ४ प्रतिशतले बजार बढेर पहिलो सर्किट लाग्यो । कारोबार खुलेको करिब ९ मिनेटमा बजार परिसूचकको वृद्धि ५ प्रतिशत पुगेर ४० मिनेट कारोबार रोकियोे । ४० मिनेटपछि खुलेको कारोबार पनि करिब ७ मिनेट मात्रै टिक्न सक्यो । सो अवधिमा बजार थप १ प्रतिशतले बढेपछि कारोबार सो दिनको लागि स्थगित भएको थियो । यसप्रकार मंगलबार कूल १ घण्टा ४ मिनेट मात्रै कारोबार हुन सक्यो ।
बुधबार बजार खुलेको पहिलो १३ मिनेटमा नै बजार ४ प्रतिशत पहिलो सर्किट लाग्यो । त्यसपछि खुलेको बजारमा पहिलो २ मिनेटमै दोस्रो सर्किट र त्यसपछि खुलेको बजारमा ७ मिनेटमै तेस्रो सर्किट ब्रेकर लागेर बजार बन्द भएको थियो । यसप्रकार बुत्रबार नेप्से परिसूचक बढ्न करिब २२ मिनेट मात्रै लाग्यो ।
बिहीबार भने नेप्से नकारात्मक दिशातिर उन्मुख भयो । त्यो दिन पहिलो २३ मिनेटमा पहिलो नकारात्मक सर्किट ब्रेकर लाग्यो । बजार खुलेको ४ मिनेटमै दोस्रो र फेरि बजार खुलेको १३ मिनेटमा तेस्रो सर्किट ब्रेकर लागेर बजार बन्द भएको थियो । यो हिसाबले सो दिन करिब ४० मिनेट मात्रै कारोबार हुन सक्यो । सोमबारको कारोबारमा पहिलोपटक करिब ४८ अंकको गिरावट आउनुलाई सामान्य मानिएको थियो । लगानीकर्तामा कोरोना महामारीको ह्याङओभर नहटेकोले यस्तो अवस्था आएको अनुमान विश्लेषकहरुले गरेका थिए ।
पहिलो सर्किट ब्रेकरपछिको बढेको बजारलाई लगातारको गिरावटको बाउन्स ब्याकको रुपमा अथ्र्याइएको थियो । लकडाउनअघि १२५१ अंकमा रहेको बजार परिसूचक सोबीचमा २ दिन खुलेको बजारमा करिब ५० अंकको गिरावट आइसकेको थियो । सोमबार फेरि ५० अंकले बजार घटेपछि लगानीकर्ताहरुले खरिद बढाउन थालेको विश्लेषण गरिएको थियो ।
सोमबार नै बजारमा अर्थतन्त्र सकारात्मक अवस्थामा रहेका खबरहरु आए । अर्थमन्त्री डा। युवराज खतिवडा आफैंले विदेशबाट फर्कने क्रम रोकिएको, रेमिट्यान्स, वैदेशिक व्यापार र राजश्व समेत बढ्न थालेको भन्दै सकारात्मक सन्देश प्रवाह गरेका थिए । उनको त्यस्तो सन्देशले सोमबार र मंगलबारको बजारलाई सकारात्मक बनाएको हुनसक्ने समेत विश्लेषकहरुको अनुमान थियो ।
तर मंगलबारदेखि सत्तापलटको चर्चा सुरु भयो । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकमा भएको सरकारको आलोचना र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा प्रकरणले बजारलाई सुधार गराएको विश्लेषण समेत गरियो । बुधबार पनि त्यही क्रम रोकिएन ।
FACEBOOK COMMENTS