काठमाण्डौ — लगानी सम्मेलनको दोस्रो दिन शनिबार विभिन्न क्षेत्रमा लगानीको लागि १५ वटा समझदारी पत्रमा हस्ताक्षर भएका छन् ।
ऊर्जासहित विभिन्न क्षेत्रमा लगानीका लागि समझदारी भएको हो ।
शनिबार चौधरी ग्रुपले मात्रै सोलार प्लान स्थापना, फाइभी विस्तार र जलविद्युत आयोजनाको लागि फरक फरक निकायसँग तीन वटा सम्झौता गरेको छ।
शनिबारै माथिल्लो त्रिशूली आयोजनामा कोरियाली कम्पनीले ६५० मिलियन डलर लगानी गर्ने समझदारी गरेको छ।
अरुण तेस्रोलाई लगानी गर्न एसबीआई बैंक, नविल बैंक र एभरेस्ट बैंकले समझदारी गरेका छन्।
हाइड्रो सोलुसनले चिनियाँ कम्पनीसँस १६४ मेगावाटको काली गण्डकी गर्ज निर्माण गर्न समझदारी गरेको छ।
सीमरामा विशेष आर्थिक क्षेत्र सेज विकासको लागि लगानी बोर्ड, आइएफसी र सेज प्राधिकरणबीच समझदारी भएको छ।
— कान्तिपुर
FACEBOOK COMMENTS