काठमाण्डौं —दाङको लमही–कोइलावास क्षेत्रमा पर्ने जग्गाका लागि करिब रु ६ करोड मुआब्जा वितरण गरिएको छ ।
जग्गा एकीकरण गरेर हुलाकी सडक कार्यालयले मुआब्जा वितरण गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए ।
मुआब्जाका लागि रु ३५ करोड आएको छ ।
मुआब्जा वितरण जारी रहेको बताउँदै प्रजिअ श्रेष्ठले कागजपत्र मिलेकाहरुले मुआब्जा पाइसकेको बताए ।
मालपोत र नापी कार्यालयबाट फाइल तयार हुन ढिला भएकाहरुलाई मुआब्जा वितरण ढिला भएको बताइएको छ ।
अहिलेसम्म ७ किलोमिटर मात्रै लमही–कोइलाबास खण्डमा कालोपत्रे भएको छ ।
— कारोबार
FACEBOOK COMMENTS