काठमाडौं, भदौ १२ – विराटनगरमा उपचाररत सिरहा, लहानकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएकी ६५ वर्षीया महिलाको शुक्रबार बिहान ११ बजे मृत्यु भएको हो ।
उनलाई बिहीबार बेलुकी उक्त केन्द्रमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार ती महिलामा फोक्सोसम्बन्धी समस्यासमेत थियो ।
चिकित्सकको निगरानी र हेरचाहमा रहेकै बेला बिहान अचानक श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको र भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा उनको मृत्यु भएको केन्द्रले जनाएको छ ।
FACEBOOK COMMENTS