काठमाडौं – दाङमा लागु औषध मुद्धाका आरोपी छुटाउन प्रहरीलाई घुस दिन खोज्नेदुई जना पक्राउ परेका छन् ।
ब्राउन सुगरसहित पक्राउ परेका सागर केसी भन्ने दुर्गाराम खत्रीको मुद्धा मिलाउन भन्दै प्रहरीलाई घुस दिन खोज्ने घोराही उपमहानगरपालिका १८ सुपौलीका २७ वर्षका गोविन्द शाह र प्युठान घर भई लमही बजार बस्ने ३० वर्षका समीर भण्डारी पक्राउ परेका हुन् ।
उनीहरुले शनिबार साँझ वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक दिनेश रिमाललाई कार्यकक्षमा भेटी डेढ लाख रुपैयाँ घुस दिने प्रस्ताव गरेका थिए ।
घुस दिन खोज्ने दुई जनालाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले जानकारी दिए ।
FACEBOOK COMMENTS