काठमाडौँ, फागुन १९ – पर्सा- लागु औषधसहित रौतहटबाट दुईजना भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषधसहित प्रहरीले भारत विहार राज्य सितामढी जिल्ला वैरगनीया भकुरहर वस्ने १८ वर्षीय निखिल कुमार श्रीवास्तव र १८ वर्षीय श्याम कुमार यादवलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी लक्ष्मिपुर बेलविछुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट साईकलमा सवार भई आउदै गरेको अवस्थामा दुबैजनालाई लागुऔषधसहित पक्राउ गरेको हो।
दुवैजनाको साथबाट प्रहरीले नुफिन २ एमएलको १८० पिस, डाईजेलेप १२० पिस, फेनरागन १८० पिस, र डाईजेपाम ६० पिस गरी ५ सय ४० पिस लागुऔषध बरामद गरेको हो।
पक्राउ परेका दुबैजनालाई जिल्ला अदालतबाट म्याद थप गराई प्रहरी हिरासतमा राखी कारवाही प्रक्रिया अघि बढाईएको रौतहटका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।
FACEBOOK COMMENTS