काठमाडौं, जेठ ६ – लायन्स क्लब अफ काठमाडौं समर्पणको सहयोगमा १५ शय्याको कोभिड एचडीयू वार्ड सञ्चालनमा ल्याएको छ । काठमाडौंको मित्रपार्कस्थित नेपाल–भारत मैत्री–अस्पतालमा सञ्चालनमा आएको उक्त एचडीयू वार्डमा दुईवटा हाईफ्लो मेशिन र ६ वटा बाईप्याप् मेशिन राखिएका छन् ।
कोभिडका बिरामीहरुका लागि निःशुल्क सेवा उपलब्ध हुनेउत्तः उपकरण लायन्स क्लव अफ काठमाडौं समर्पणले सहयोग गरेको हो । लायन्स समर्पणका अध्यक्ष दीपक बंसलले कोभिड–१९ को दोस्रो लहरले नेपालमा पनि निकै कठिन अवस्था सृजना गरेको अहिलेको अवस्थामा अझै आवश्यकता अनुसार जीवन रक्षक उपकरणहरु वार्डमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अहिलेको संकटपूर्ण घडीमा हामी सबैले आ–आफ्नो स्थानबाट कोभिडसँग लड्न एकजुट हुन आह्वान गर्दै लायन्स क्लब समर्पणसंग सहकार्य गरेर अझै नयाँ कोभिड वार्ड खोल्ने कार्य समेत भईरहेको अस्पतालका प्रबन्ध निर्देशक पवन पाठकले बताए ।
FACEBOOK COMMENTS