लुम्बिनी जनरल इन्स्योरेन्सले १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७४।०७५ को वार्षिक प्रतिवेदन पारितका लागि कम्पनीले सभा बोलाएको हो । सभा प्रयोजनका लागि कम्पनीले साउन १५ गते एक दिन बुक क्लोज गरेको थियो
गत वैशाख २५ गते विशेष साधारण सभा मार्फत पारित गरेको २० प्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डमा असार ३१ गते निवेदन दिएको छ । हाल कम्पनीको चुक्तापूँजी ८८ करोड रहेको छ । हकप्रद पश्चात १ अर्ब ५ करोड ६० लाख पुग्नेछ ।
सभामा कम्पनीले गत आर्थिक वर्ष २०७४।०७५ मा १ अरब २६ करोड बीमाशुल्क आर्जन गरेको र ०७५।७६ मा १ अर्ब ३६ करोड बीमाशुल्क आर्जन गर्न सफल भएको जनाएको छ ।
FACEBOOK COMMENTS