काठमाण्डौ – लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आज १५औं वार्षिक साधारणसभा कार्यक्रम गरेको छ । कोभिड–१९ कारण उत्पन्न जोखिमलाई ध्यानमा राखी आवश्यक सुरक्षाका मापदण्डहरू अपनाई, भर्चुअल प्रविधिको प्रयोग गरी कार्यक्रम गरेको हो ।
सभाले कम्पनीका अध्यक्ष मनोहरदास मूलद्वारा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका प्रस्तावहरू पारित गरेको छ ।
सभाले आव २०७५/०७६ को मुनाफाबाट विगतमा कम्पनीले जारी गरेको २० प्रतिशत हकप्रद शेयरले समेत प्राप्त गर्ने गरी चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँको ८.१२५ प्रतिशतले हुन आउने खुद ८ करोड ५८ लाख रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने र सोबाहेक कर प्रयोजनका लागि ४२ लाख ९० हजार रुपैयाँ बराबर नगद लाभांश प्रदान गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
FACEBOOK COMMENTS