काठमाडौं, पुस २७ – लुम्बिनी विकास बैंक लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ. ब. २०७६/७७ को बार्षिक प्रतिबेदन, आ. ब. २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ । आ.ब. २०७६/७७ सम्मको नाफा बाट शेयरधनी महानुभावहरुलाई ३ प्रतिशत नगद लाभांश (कर सहित) र ७ प्रतिशत बोनस शेयर सहित कुल १० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले जानकारी दिए ।
बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न १३ आंै वार्षिक साधारणसभामा बैंकले कोभिड – १९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट शेयरधनी महानुभावहरुलाई सहभागिता गराएको थियो । सभामा अध्यक्षज्यूले सञ्चालक समितिको तर्फबाट आ.ब. २०७६/७७ को बार्षिक प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले स्पष्ट पारेका थिए ।
लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभर सातै प्रदेशमा अवस्थित ६९ शाखा कार्यालयहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ६४ हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकले आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट÷एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।
FACEBOOK COMMENTS