काठमाडौं ।लुम्बिनी विकास बैंकले कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पालाई सम्मान गरेको छ । २५ औं पटक सगरमाथाको सफल आरोहण गरी विश्व किर्तीमान कायम गरेका शेर्पालाई बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले सम्मान गरेका हुन् ।किर्तीमानी पर्वतारोही शेर्पा विगत दुई दशकदेखि लुम्बिनी विकास बैंकमा ‘निरन्तर सहयात्री’ बनी आवद्ध छन् । उनको यो किर्तीमानी आरोहण आफ्नो लागी मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पुर्ण नेपालको लागि भएको बताएका छन् ।
बैंकले देशभरका ७२ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ७० हजार ग्राहकलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
हाल बैंकले आफ्ना ग्राहकहरुलाई निःशुल्क डेबिट एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपाल भित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।
FACEBOOK COMMENTS