काठमाडौं, भदौ ३ –पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा आरबी लेइप्जिङलाई ३-० गोल अन्तरले हराउँदै पीएसजी फाइनलमा पुगेको हो ।
युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो लगानीकर्ता पीएसजीले स्थापनाको लामो समयपछि पहिलो पटक सफलता प्राप्त गरेको हो ।
पीएसजीको जितमा मार्किन्होज, एन्जल डी मारिया र जुआन बर्नाटले एक एक गोल गरे । अब पीएसजीले उपाधिका लागि बायर्न म्युनिख र लियोनबीचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ ।
बायर्न म्युनिख र लियोनको खेल आज राति हुनेछ ।
FACEBOOK COMMENTS