काठमाण्डौं– लेखनाथ महोत्सवमा करीब रु १८ करोड मूल्य बराबरको आर्थिक कारोवार भएको छ ।
‘लेखनाथको संस्कृति, स्थानीय उत्पादनको विकास र समृद्धि’ भन्ने मूल नाराका साथ शुरु भएको मेला सोमबार सकिएको छ ।
यही पुस ५ गतेदेखि कास्की लेखनाथमा सञ्चालित १५ संस्करणको सो महोत्सव अवधिभर करीब तीन लाख ५० हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष बलराम ढकालले जानकारी दिए ।
FACEBOOK COMMENTS