काठमाडौं– सरकारले चिनीको आयतमा बन्देज लगाएको १÷२ दिनमै चिनीको मूल्य किलोमा १५ रुपैयाँ सम्म बढेको भन्दै सरकारको आलोचना शुरु भएको छ ।
बुधबारमात्रै आपुर्तीमन्त्रीले चिनीको मुल्य ७० भन्दा बढीमा नबेच्न निर्देशन दिएको छ ।
त्यसलगत्तै सघिय संसदको सार्वजनिक लेखा समितिले चिनीको मुल्य ६३ रुपैयाँ भन्दा बढी नहुने गरी निर्धारण गर्न निर्देशन दिएको छ ।
दशैं तिहार र छठ जस्ता चाडपर्वको बेला चिनीको अत्याधिक माग हुनेगर्छ। यसै समयमा परिमाणात्मक बन्देजको नाममा सरकारले चिनीमा नाकाबन्दी लगाएको सांसदहरुले आरोप लगाएका छन्।
लेखा समितिले चिनीको मूल्यवृद्धि भएकोमा अध्ययन गर्न नेकपाका सांसद लेखराज भट्टको संयोजकत्वमा ५ सदस्सीय उपसमिति गठन गरेको छ।
समितिको सदस्यमा पार्वता डिसी चौधरी, चन्दा चौधरी, प्रदिप यादव र प्रेम आले रहेका छन्।
उपसमितिले ७ दिन भित्रमा मूल्य बढ्नुको कारणसहित प्रतिवेदन दिनेछ।
FACEBOOK COMMENTS