काठमाडौं, माघ ४ – लोक सेवा आयोगले नेपाल आयल निगमको परिक्षाको परिक्षा केन्द्र संसोधन गरेको छ । माघ २९ र ३० जना फागुन २ र ३ गते हुने कम्प्युटर तर्फको सहायक, प्रशासनको सहायक प्रबन्धक र प्रशासन तथा लेखाको बरिष्ठ सहायकको परिक्षाकेन्द्र संसोधन गरेको हो ।
आयोगले माघ २० मा हुने कम्प्युटर तर्फको सहायकको रोल नम्बर ४०१ देखि ५००को परिक्षा केन्द्र, माघ ३० मा हुने प्रशासन तर्फको सहायक प्रबन्धकको रोल नम्बर २०१ देखि ३००, फागुन २ मा हुने लेखाको बरिष्ठ सहायकको ३०१ देखि ४०० र फागुन ३ मा हुने प्रशासन तर्फको बरिष्ठ सहायकको रोल नम्बर २०१ देखि ३०० सम्मका विद्यार्थीको परिक्षा केन्द्र न्यु मिलिनियम कलेज सुकेधारा तोकेको छ ।
सबै यस अघि विजय स्मारक मावि डिल्लीबजार तोकिएको थियो । परिक्षा समय भने साविकको नै रहेको लोकसेवाले जनाएको छ ।
FACEBOOK COMMENTS