काठमाडौं,कार्तिक ७ – वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले एक अर्ब ३५ करोड रुपैयाँ विदेशी लगानी भित्र्याएको छ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपमार्फत उक्त लगानी भित्र्याएको बताएको छ ।
यससँगै वर्ल्डलिंक इन्टरनेट सेवाको क्षेत्रमा विदेशी लगानी भित्र्याउने पहिलो कम्पनी बनेको छ। प्राप्त विदेशी लगानीलाई वर्ल्डलिंकले देशका अति विकट गाउँहरूमा उच्चस्तरीय इन्टरनेट पुर्याउन सदुपयोग गर्ने जनाएको छ।
FACEBOOK COMMENTS