काठमाडौँ — नेपालले वर्षायाममा उत्पादन गरेको बिजुली भारत निर्यात गर्ने र हिउँदमा भारतबाट आयात गर्ने गरी नेपाल–भारत इनर्जी बैकिङमा सहमति भएको छ।
भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न विद्युत् आदानप्रदान समिति (पीईसी) को १३ औं बैठकले यस्तो निर्णय गरेको हो।
नेपालले लामो समयदेखि वर्षायाममा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा उताबाट लिने गरी भारतसँग इनर्जी बैकिङ गर्ने प्रस्ताव अगाडि बढाएको थियो।
बैठकमा नेपाल पक्षको नेतृत्व गरेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई मुलुकका विद्युत् टेन्डरमार्फत इनर्जी बैकिङ गर्ने सहमति भएको जानकारी दिए।
निर्देशिका आगामी जनवरीमा बस्ने दुई मुलुकबीचको सहसचिवस्तरीय ‘ज्वाइन्ट वर्किङ ग्रुप’ र सचिवस्तरीय ‘ज्वाइन्ट स्टेरिङ कमिटी’को बैठकले अनुमोदन गर्ने छ।
पिइसी बैठकले नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो क्रस बोर्डर प्रसारण लाइन निर्माण अगाडि बढाउने पनि निर्णय गरेको छ ।
— नागरीक
FACEBOOK COMMENTS