काठमाडौं, मंसिर ३०- चौधरी ग्रुपका अध्यक्ष तथा व्यापारी विनोद चौधरीले वाइवाइ चाउचाउको आइपीओ निकाल्ने बताएका छन् ।
पोखरामा भएको लिक्टेचर फेस्टिबलमा उनले वाइवाइ एक दिन सेयर बजारमा आउने बताएका हुन् । उनले लिक्टेचर फेस्टिबलमा बोल्दैं भने ‘वाइवाई कुनै दिन न्युयोर्क स्टकमा लिस्टेड होस, नेपालको पहिलो कम्पनी न्युयोर्क स्टकमा लिस्टेड होस, त्यसमा नेपाली सहभागी हुन सकुन भन्ने अपेक्षा रहेको छ । नेपालमा त निश्चिय नै हुन्छ ।
उनले वाइवाइले ४० वर्षको इतिहास पार गरेको बताउँदै ८० प्रतिशत विश्वको भुगोलमा वाइवाइ पुगीसकेको जनाए ।
FACEBOOK COMMENTS