काठमाण्डौँ — राष्ट्रिय बाणिज्य बैंकले आफ्नो व्यवसाय प्रवर्द्धनको लागि मिस नेपाल २०१८ शृंखला खतिवडालाई बुधबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको छ।
राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरेका छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राष्ट्रिय बाािण्ज्य बैंक अन्य बाणिज्य बैंकसँग प्रतिस्पर्र्धा गर्दै अघि बढिरहेको र आगामी दिनमा यसको सेवालाई अझ बिस्तार गर्दै लैजाने क्रममा आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नको लागि बैंकले शृंखलालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको बताए।
FACEBOOK COMMENTS