काठमाण्डौँ — नेकपा सचिवालय सदस्य वामदेव गौतम काठमाडौं क्षेत्र नं ७ बाट चुनाव लड्ने पक्का भएको छ ।
तत्कालीन एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामवीर मानन्धरले राजीनामा दिएपछि उनको क्षेत्रमा वामदेवलाई चुनाव लड्न बाटो खुलेको हो ।
मंगलबार पत्रकार सम्मेलन गरेर मानन्धरले सांसद पदबाट राजीनामा दिएको जानकारी गराएका छन् ।
तर, पार्टी र संसदबाट राजीनामा स्वीकृत हुन बाँकी रहेको पनि उनले बताए ।
— नयाँ पत्रिका
FACEBOOK COMMENTS