काठमाडौँ — संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको सम्पत्ति तथा दायित्वको मूल्यांकन (डिडिए) गर्न निर्देशन दिएका छन्।
डिडिएपछि निगमको भविष्यबारे निर्णय गरिने उनले सार्वजनिक लेखा समिति बैठकमा जानकारी गराए।
उनले निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्न पनि सकिने जानकारी दिए।
मन्त्री अधिकारीले निगमलाई कम्पनीमा लगेर रणनीतिक साझेदार भित्र्याउने तयारी भएको पनि बताए।
निगमले प्रभावकारी बन्ने विश्वास दिलाएमात्र रणनीतिक साझेदार खोज्नुपर्ने मन्त्री अधिकारीले बताए।
असार र साउनमा दुईवटा वाइड बडी जहाज किनेपछि त्यसलाई सञ्चालन गर्न नसक्दा निगमले सरकारसँग ऋण मागेको थियो।
तर अर्थमन्त्री युवराज खतिवडाले निगमलाई ऋण दिन नसक्ने बताएपछि निगम सञ्चालनको नयाँ विकल्प खोजिएको छ।
— नागरकि
FACEBOOK COMMENTS