काठमाडौं– विकास निर्माणका उपकरणहरुको बृहत प्रदर्शनी हुने भएको छ। भारतीय उद्योग परिसंघ (सिआर्इआर्इ) को मुख्य आयोजनामा भक्तपुरको सल्लाघास्थित भक्तपुर ग्राउण्डमा प्रदर्शनी हुन लागेको हो।
मंसिर ६ देखि तीन दिनसम्म प्रदर्शनी हुने प्रदशनीमा नवीनत निर्माण सामाग्री र उपकरणहरु राखिने आयोजकले जनाएको छ।
आयोजकले नेपालमै पहिलो पटक भौतिक संरचना निर्माण उपकरणहरुको बृहत प्रदर्शनी हुन लागेको दाबी गरेको छ।
दुर्इ लाख वर्गफिट क्षेत्रफलमा फैलिने प्रदर्शनीमा एक सय ५० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहनेछ। प्रदर्शनी अवधिभरमा ४ हजारभन्दा बढी व्यवसायिक अवलोकनकर्ता सहभागी हुने आयोजकको आकलन छ।
‘कोन म्याक २०१८’ नाम दिएको उक्त प्रदर्शनीबाट नेपाली निर्माण व्यवसायी र निर्माण सम्बद्ध क्षेत्रका व्यक्तिहरुको सीप र क्षमता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
FACEBOOK COMMENTS