काठमाडौं, पुस २९ – नेपाल राष्ट्र बैंकले विदेशी लगानीकर्ता भएका नेपाली कम्पनीले आफ्नो माउ कम्पनीबाट ऋण लिन थप सजिलो बनाइदिएको छ। विदेशी विनिमय विभागले एकिकृत परिपत्र २०७६ संसोधन गर्ने क्रममा विदेशबाट लिने ऋणको ब्याजदर निर्धारण गर्दा प्रचलित वार्षिक व्याजदरमा थप तीन प्रतिशतसम्म प्रिमियम दर थप गर्न सक्ने व्यवस्था गरिदिएको हो। यस अगाडिको व्यवस्थामा प्रचिलित वार्षिक ब्याजदरमा २ प्रतिशतभन्दा बढी प्रमियम दर थप गर्न नपाइने व्यवस्था थियो।
भारतबाट लिइने ऋणको हकमा भने भारतीय रिजर्व बैंकले प्रकाशन गरेको पछिल्लो विवरण अनुसार एक वर्षको ‘मार्जिनल कष्ट अफ फण्ड’को औषतसम्म पाउने राष्ट्र बैंकले जनाएको छ। त्यस्तै चीनबाट लिइने ऋणको हकमा बढिमा एक वर्षको ‘लोन प्राइम रेट’सम्म पाइनेछ। पहिलाको व्यवस्थामा यो विषय थिएन।
उनीहरुले ल्याउने ऋण तोकिएको क्षेत्र भन्दा बाहिर लगानी गर्न नपाउने राष्ट्र बैंकले परिपत्रमा थप गरेको छ। पहिलाको व्यवस्थामा फर्म र अन्य संस्था भन्ने शब्द रहेको थियो। निर्देशनमा फर्म र अन्य संस्थालाई हटाएर ऋण लिने कम्पनी/उद्योग र ऋण दिने विदेशी लगानीकर्ता भन्ने शब्द प्रयोग गरिएको छ।
राष्ट्र बैंकले नेपाली फर्म कम्पनी उद्योग वा अन्य संस्थाहरुले आफ्नै कम्पनीका विदेशी व्यक्तिगत लगानीकर्ताबाट विदेशी मुद्रामा ऋण लिन चाहेमा उनिहरुले आफ्नो नियामक निकाय तथा विदेशी लगानी स्वीकृत गर्ने निकायको स्वीकृति लिए पुग्ने भएको छ।
यस अगाडिको व्यवस्था अनुसारले ऋण लिन चाहनेले यसका साथै नेपाल सरकार वा उद्योग मन्त्रालय वा उद्योग विभाग वा घरेलू तथा साना उद्योग विभागबाट समेत स्वीकृति पत्र लिनु पर्ने व्यवस्था छ। राष्ट्र बैंकले प्रकृयाँलाई छोट्टाइदिएको हो।
FACEBOOK COMMENTS