काठमाडौं, १२ बैशाख – अर्बपतित्रय शेखर गोल्छा, पशुपति मुरारका र सुधिर मित्तलले सिंगापुरको तेमासेक फाउण्डेसनले सहयोग स्वरुप दिएको पिसिआर किट हस्ताण्तरण भन्दै फोटो खिचाएका छन् । तेमासेक फाउण्डेसनले नेपाललाई सहयोग स्वरुप दिएको दश हजार थान पिसिआर स्वास्थ्य मन्त्रालयका प्रतिनिधि दिपेन्द्र तमान सिंहलाई हस्ताण्तरण गर्दै गरेको तस्बिरलाई शेखर गोल्छाले फेसबुकमा पोस्ट गरेका छन् ।
जसको पृष्ठभुमीमा आउ जाउ गर्न चार्टड गरेको भनिएको जहाँजसंगै मुरारका र मित्तल पनि देखिन्छन् । केही समय अघि देखी आम मानिस बीच आफूलाई दानी देखाउने होड चल्दै आएको थियो । तर यस घटनाले अर्बपति भनाउदाहरु समेत यसरी फोटो खिचाउन लालायित हुँदा रहेछन् भन्ने पुस्टि गरेको छ । मामाको घोडी मेरी हि… हि….. भने झै सहयोग अरुको तर मैले के के न दिए भने झै गरि फोटो पोस्टयाईनुले उनीहरु कुन कोटीका अर्बपति हुन भन्ने छर्लङ् भएको छ । आखिर अरुले दिएको सामानमा त मान्छेले आफूले नै दिएको झै गरि फोटो खिच्न तम्सन्छन् भने सामान्य मानिसहरुले पोका दिएको फोटो किन नहालुन ?
FACEBOOK COMMENTS