काठमाण्डौँ — तेस्रो मुलुकबाट भारतको कोलकत्ता÷हल्दिया बन्दरगाह हुदै रेलमार्गबाट नेपालका लागि आउने सामान क्लियर गर्दा गर्नुपर्ने सबै कागजी प्रक्रियाहरू हटाई विद्युतीय कार्गो ट्रयाकिङ्ग प्रणाली लागू हुन लागेकोमा नेपाल उद्योग वाणिज्य महासंघले त्यसको स्वागत गरेको छ ।
यसका लागि महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भारतीय सरकारमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
महासंघले एक पत्रकार सम्मेलनको आयोजना गरी स्वागत एवं धन्यवाद ज्ञापन गरेको हो ।
इसीटीएस प्रणालीको औपचारिक शुभारम्भ आगामी फागुन ३ गते देखि हुदैछ ।
यसबाट नेपालको आयात र निर्यात व्यापारमा निकै ठूलो सुधार आउने विश्वास महासंघले लिएको छ ।
इसीटीएस प्रणाली लागू भएपछि कोलकत्ताबाट बीरगंजसम्मको रेलवे ढुवानीमा चारदेखि पांचदिनसम्म मात्र लाग्ने छ ।
हाल कोलकत्ताबाट बीरगंजसम्म सामान आइपुग्न एक महिना भन्दा बढी समय लाग्दै आएको छ ।
FACEBOOK COMMENTS