काठमाडौं – संसदकाे अर्थ समितिले बैंकको पँहुच भएका ठाउँमा विद्युतीय प्रणालीबाट भुत्तानीको व्यवस्था मिलाउन अर्थ मन्त्रालयललाई निर्देशन दिएको छ ।
अर्थ समितिको आइतबार बसेको बैठकले सरकारले गर्ने भुत्तानी चेकबाट नभई विद्युतीय प्रणालीबाट हुने गरी व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिले असारको अन्तिम साता मात्र आएर पुँजीगत खर्च हुने गरेको भन्दै मंसिरसम्म कुल बजेटको ६० प्रतिशत खर्च गरिसक्न निर्देशन दिएको छ ।
यस्तै समितिले जेठसम्म ९० र असारमा १० प्रतिशत मात्र खर्च गर्न सरकारलाई भनेको छ । वित्तीय अनुसाशन कायम राख्न वित्तीय जवाफदेहिता विद्येयक तत्काल संसदमा पेश गर्न समितिको निर्देशन दिएको छ ।
समितिले चालु आर्थिक वर्षको विकास खर्चको प्रभावकारी कार्यान्वयनको योजना १५ दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।
FACEBOOK COMMENTS