काठमाडौं, ३० असार – नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा साउन २६ र २७ गतेका लागि तोकिएसंगै ब्यवसायीहरुमा राजनीति शुरु भएको छ । चुनावी वर्ष समेत भएकोेले यस पाला बिशेष माहौल श्रृजना भएको छ । महासंघको विधान बमोजिम आगामी कार्यकालको अध्यक्षको जिम्मेवारी हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई हस्तान्तरण हुनेछ । त्यसबाहेक वरिष्ठ उपाध्यक्ष सहित एशोसिएट्स, वस्तुगत र जिल्लारनगरको तर्फ गरी तीनजना विषयगत उपाध्यक्ष तथा ६५ जना कार्यकारिणी सदस्यका लागि भने निर्वाचन हुनेछ । यसै अन्तर्गत आज एक कार्यक्रम माझ वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी चन्द्रप्रसाद ढकाल, जिल्ला र नगर तर्फका उपाध्यक्ष प्रतिस्पर्धी गुणनिधी तिवारी, बस्तुगत तर्फका उपाध्यक्ष प्रतिस्पर्धी उमेशलाल श्रेष्ठ, एशोसिएट्स तर्फका उपाध्यक्ष प्रतिस्पर्धी रामचन्द्र साङघाईले उम्मेदवारी घोषणा गरेका छन । ढकालले जिल्ला तथा नगरको व्यवसायिक नेटवर्कलाई नै आफ्नो जितको मुख्य आधार बताएका छन ।
घोषणा सभामा कसले के भने
(सम्पादित अंश )
चन्द्रप्रसाद ढकाल, उम्मेदवार -वरिष्ठ उपाध्यक्ष
महासंघको ५४ औ वार्षिक साधारण सभामा हुन लागेको निर्वाचनका लागि ४ महिना अघि मैले आफ्नो उम्मेदवारी घोसणा गरेको थिए । यदि कोरोना भाईरसको प्रभाव नपरेको भए अहिलेको अवस्था छुट्टै हुन्थ्यो । कोरोना कै कारण बेलैमा निर्वाचन हुन सकेन । कोरोनाले गर्दा अहिले हाम्रा सामु दुई चुनौती छन । त्यो भनेको स्वास्थ्य र अर्थ सम्बन्धी हो । यस चनौतीलाई सामना गर्न सरकार, निजी क्षेत्र लगायत सबै एकजुट हुन आवश्यक छ । मैले उद्योगी व्यवसायीको आग्रह र अनुरोधलाई स्विकार गर्दै उम्मेदवारी दिएको हुँ । विश्वासिलो टिमको आवश्यक पर्ने हुँदा हाम्रो समुह सोही अनुरुप चयन गरेका छौ । समुन्नत नेपाल निर्माणका लागि हामी सक्षम छौ । हाम्रोमा विश्वास र अनुभवले खारिएका साथीहरु छौ । त्यसैले गाउ नगर देखी नितीगत समस्यालाई समाधान गर्न यो समुह सक्षम छ । विपक्षी र आफु नेतृत्वको तुलना गर्दा पनि यस समुह निकै बलबाल रहेको छ । हाम्रा समुहका साथीहरुलाई आश्वासन दिन विपक्षीहरुबाट फोन आउने गरेको बुझियो त्यसै ले म हाम्रा विपक्षी खेमाका साथीहरुलाई विगत लाई फर्केर हेर्न समेत अनुरोध गर्छु । वरिस्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्न पाउने आधार खडा गर्न मैले पनि भुमिका निर्वाह गरेको स्मरण गराउन चाहन्छु । शेखर गोल्छालाई विगतलाई फर्केर हेर्न आग्रह गर्छु । साना र निम्न उद्योग वाणिज्य संघको आम्दानी कम्तीमा ५ लाख सम्मको पुर्याउने योजना लिएको छु । व्यवसायीक वातावरण निर्माण गर्न विश्वसँग जोडने, व्यवसायलाई माथि उठाउन नेतृत्व लिन मैले उम्मेदवारी दिएको हुँ ।
गुणनिधी तिवारी, उम्मेदवार – उपाध्यक्ष (जिल्ला र नगर)
आफ्नो ज्यानको बाजी राखेर जिल्लाका साथीहरुले व्यवसाय गरिरहनु भएको छ । महासंघमा बीचमा आएको फुटलाई तोडेर सबै मिलेर जाने वातावरण बन्नु पर्छ । व्यवसायीलाई कानुनी र अन्य थुप्रै समस्या रहेकोले सोको समस्या समाधानमा मेरो ध्यान केन्द्रित हुनेछ । हामीले साना र माझौला व्यवसायीको समस्या समाधान गर्छौ । समस्या सुन्ने र साथ समाधानको लागि पहल लिने काम हामीबाट हुन्छ । संचालन पुँजीका लागि सरकारले मौद्रिक नितीमार्फत सम्बोधन गर्नुपर्छ भनेर सरकारलाई झक्झकाइ रहेको स्पस्ट पार्न चाहन्छु । हाम्रो समुहबाट वरिस्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र प्रसाद ढकालको अन्तरराष्ट्रिय छवी रहेको व्यक्ती हुनुहुन्छ भने हामी सबै उम्मेदवारमा निजी क्षेत्रलाई सहि दिशा दिन सक्ने खुबी छ ।
उमेश लाल श्रेष्ठ उम्मेदवार – उपाध्यक्ष (बस्तुगत)
महासंघ राजनिती गर्न नभई व्यवसायीक हकहितको निम्ती खुलेको संस्था हो । म बाबु आमाको पछी लागेको भए राजनितीक तहमा राम्रै स्थान पाउँथे होला । तर मैले उद्योग व्यवसायको क्षेत्रलाई रोजे । जबसम्म नेपालले औद्योगिक विकास गर्दैन तबसम्म देशको विकास हुन सक्दैन भन्ने मान्यताका साथ म उद्योग व्यापारमा लाग्दै व्यवसायिक वातावरणका लागि लागि परेको छु । वैधानिक रुपमा पूर्व अध्यक्षहरुको एउटा मण्डल बनाएर महासंघलाई अझ सशक्त पार्ने एजेण्डा पनि मैले बोकेको छु । व्यवसायीहरुको हितका निम्ती मेरो समय दैनिक सिंहदरबारमा बित्छ । समस्या समाधानका निम्ती म मात्रै होईन हाम्रो समुह लागि पर्ने छ । हाम्रा उम्मेदवारमा लालसा कत्ति पनि छैन । यो समुह समावेशी पनि छ । हालका वरिस्ठ उपाध्यक्षले समुह खडा गरेर हिडनु भएकोमा चित्त बुझेको छैन ।
रामचन्द्र सांघाई उम्मेदवार – उपाध्यक्ष (एशोसिएट्स)
३६ बर्ष देखी म व्यवसायमा संलग्न रहदै आएको छु । कोभिड १९ ले तहसनहस बनाएको अर्थतन्त्रलाई उकास्न नयाँ नयाँ उद्योग स्थापना गर्न लागि पर्नेछु । यस्तो अवस्थामा मिलेर जानुको विकल्प छैन त्यसैले सबैको भावनालाई समेटदै व्यवसायिक वातावरण निर्माण गर्नको लागि म उम्मेदवारी दिदै छु ।
त्यसैगरि घोषणा सभालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले विभिन्न जिल्ला एवम नगर संघका अध्यक्षहरुको उपस्थितीलाई आफुले चन्द्र ढकाल समुहको विजयको प्रथम पक्ष रहेको बुझेको बताए ।
FACEBOOK COMMENTS