काठमाडौं, जेठ ३ – नेपाली सेनाले संयोजन गरेको सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत विभिन्न हिमालबाट २१ हजार १६७ किलो फोहोर सङ्कलन गरिएको छ । उक्त अभियान अन्तर्गत माउन्ट एभरेष्ट, ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लामलगायत हिमालयहरूबाट उक्त परिणामको फाहोर सङ्कलन गरिएको हो ।
टोलीमा अनुभवी शेर्पाहरू समर्थकको रूपमा र नेपाली सेना गरी ११२ जना सदस्य छन् । अप्रिल १३ बाट शुरू गरिएको उक्त अभियानले हालसम्म ६ वटा हिमालयहरूबाट २१ हजार १६७ किलोग्राम फोहोर संकलन गरेको जनाएको छ । जसमध्ये १ हजार ८६८ किलोको बायो–डग्रेडेबल फोहोर र १९ हजार २९९ किलोको नन–बायो डिग्रेडेबल फोेहोरहरू छन् ।
टोलीले सङकलन गरेको फोहोरहरूमा खारेज गरिएको अक्सिजन ट्याङक, परित्याग गरिएका टेन्टहरू, खाद्यान्न कन्टेनर, प्लास्टिक, ग्लास, आल्मुनियम, इलेक्ट्रोनिक फोहोरहरू छन् । त्यसबाहेक पहिला दुर्घटना भएको ९एन–एसीआर नम्बरको हेलिकोप्टर र दुई स्थानबाट पर्वतारोहण गियरसहित दुई मानव अवशेषहरू फेला पारेको छ ।
FACEBOOK COMMENTS