अन्जनराज न्यौपाने,
तनहुँ, ०२ कार्तिक – युनियन लाइफ ईन्स्योरेन्स कंम्पनी लिमिटेड तनहुँ शाखाले वैदेशीक रोजगार (म्यादी) विमा अर्न्तगतको बिमा रकम मृतक विमित कृष्ण पन्थको परिवारलाई हस्तान्तरण गरेको छ । युनियन लाइफले मृतक पन्थका परिवारबाट मृत्यु बीमा दाबी अनुरुप १४ लाख रकम भुक्तानी गरेको हो । कम्पनीले ब्यास १, तनहुँ स्थित मृतकको घरमै पुगी उनका बुवा भोलानाथ पन्थ र श्रीमती निर्मला पन्थलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको छ ।
विमितका परिवारलाई राष्ट्रिय सभाका सांसद प्रकाश पन्थ , कंम्पनीका गण्डकी प्रदेश प्रमुख टि.एन आचार्य तथा ब्यास १ का वडा अध्यक्ष खरसिङ्ग दरैले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए । विमित पन्थको मृत्यु दाबी भुक्तानी अर्न्तगत शव ल्याउदा १ लाख , क्रिया खर्च वापत १ लाख, आय नोक्सानी वापत २ लाख र विमाङ्क १० लाख गरी कुल १५ लाख वरावरको चेक रकम हस्तान्तरण गरिएको कंम्पनीका दमौली शाखा प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिए।
चेक रकम हस्तान्तरण गर्दै राष्ट्रिय सभाका सांसद पन्थले विमा गर्दा जस्तो सजिलो हुन्छ दाबी भुक्तानीमा पनि सोही अनुरुप बिना झन्झट विमितले रकम पाउनुपर्नेमा जोड दिए । कंम्पनीका गण्डकी प्रदेश प्रमुख टि.एन आचार्यले जीवन विमा अहिलेको पस्थितीमा अपरिहार्य भएको बताउदै युनियन लाईफले आफ्नो स्थापनाको छोटो समयमा नै नेपाली समुदायको मन जित्दै ब्यावसायिक सफलता प्राप्त गरेको दाबी गरे ।
साथै, जोखिम वहन र बचतको भरपर्दो माध्यम जीवन विमा भएकोले आफ्नो आयश्रोत अनुसार विमा गर्नु पर्ने उनले बताए। ब्यास १ का वडा अध्यक्ष खरसिङ्ग दरैले विमितको निधन पछि परिवारमा हुने आर्थिक विचलनलाई कम गर्न पनि जीवन विमा आवश्यक हुने औल्याएका थिए । वैदेशीक रोजगारका क्रममा गत वैशाखमा कतारमा विमित कृष्ण पन्थको निधन भएको थियो ।
FACEBOOK COMMENTS