विराटनगर– विराटनगरस्थित एकीकृत जाँचचौकी (आइसिपीं) को शुरुवात भएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बुधबार साँझ आइसिपीको मूल द्वारमा नेपालको झन्डा देखाएर फर्कने ट्याङ्कर र ट्रकका लागि बाटाको उद्घाटन गरे ।
उद्घाटनपछि प्रजिअ केसीले आइसिपी पूर्वी नेपाल र यहाँका जनताको स्वप्नदर्शी योजना रहेको उल्लेख गरेका छन् ।
भारतको जोगबनी भन्सारका असिस्टेन्ट कमिस्नर एके सिह्नाले नेपाल र भारत दुबै पक्षका लागि खुशी र गौरवको विषय भएको धारणा प्रकट गरे।
भारतको विदेश मन्त्रालयले डिसेम्बर ५ तारिखदेखि मात्र आइसिपीको परीक्षण सञ्चालन गर्न अनुमति दिएका कारण सोही दिन अर्थात् मङसिर १९ गतेदेखि सञ्चालन गरिने भएको हो।
खालि गरिएका ढुवानीका साधन आइसिपीको बाटो हुँदै जोगबनी थानासम्म निस्कन सक्ने हुँदा जामको समस्या आंशिक रूपमा समाधान हुने घिमिरेको दाबी छ।
नेपालबाट दैनिक रूपमा फर्कने ग्यासका बुलेट १० देखि १५ वटा र कन्टेनर बोकेका लरी १ सय ५० को सङ्ख्यामा हुन्छन्।
FACEBOOK COMMENTS