काठमाण्डाै – विश्वकप सबैभन्दा चर्चित र सबैभन्दा महँगो फुटबल प्रतियोगिता हो । प्रत्येक पटकको विश्वकपबाट फिफाले अर्बौं डलर आम्दानी गरेको छ । विश्वकप आयोजनाका लागि फिफाले आयोजक राष्ट्रलाई १० अर्ब डलर भन्दा बढी उपलब्ध गराउँदै आएको छ ।
रसियन अधिकारीहरूले विश्वकपले राष्ट्रिय अर्थतन्त्रमा २६ देखि ३१ अर्ब डलर योगदान गर्ने बताएका छन् ।
रसियामा विश्वकप फुटबलको २१ औं संस्करण चलिरहेको छ । विश्वभर यसको चर्चा भइरहेको छ । प्रिक्वाटर फाईनलको खेल भइरहँदा कसले ट्रफि उचाल्ला भन्ने चर्चा र बहस बढी छ ।
प्रत्येक पटकको विश्वकपबाट फिफाले अर्बौं डलर आम्दानी गरेको छ । विश्वकप आयोजनाका लागि फिफाले आयोजक राष्ट्रलाई १० अर्ब डलर भन्दा बढी उपलब्ध गराउँदै आएको छ ।
२०१८ मा रसियाका ११ सहरमा ३२ राष्ट्रले खेल्नेछन् र विजेता जुलाई १५ मा टुंगो लाग्नेछ । रसियाले विश्वकपका लागि आवश्यक पूर्वाधार निर्माण र मर्मतका लागि ११.८ मिलियन डलर खर्च गरेको एसए टुडेले जनाएको छ ।
फिफाका अनुसार पुरस्कारका लागि ४ सय मिलियन डलर खर्च हुनेछ । सहभागि ३२ टोलीले ८ मिलियन पाउँदा विजेताले ३८ मिलियन डलर पाउँछ ।
आयोजक राष्ट्रको लागत कति ?
आयोजक राष्ट्रले विश्वकप स्वतः खेल्न पाउँछ । विश्वकप खेल्न आयोजक राष्ट्र स्वत छनोट त हुन्छ, तर त्यसका लागि पूर्वाधार तथा व्यवस्थापनका लागि ठूलो लगानी गरेको हुन्छ । जसका कारण आयोजक देशको राष्ट्रिय अर्थतन्त्र चलायमान हुने गरेको छ ।
विश्वकप आयोजनाका लागि देशहरूले फिफा समक्ष आवेदन दिनुपर्छ जसमा फिफाले कर छुटको सुविधा पनि अपेक्षा राख्छ । जर्मनीले सन् २००६ मा विश्वकप आयोजना गर्दा फिफालाई २७ करोड ८० लाख डलर कर छुटको अफर गरेको थियो ।
ब्राजिलले २०१४ को विश्वकपका लागि स्डेडियम र यातायात पूर्वाधार निर्माणमा मात्र करिब १५ अर्ब डलर खर्च गरेको थियो । ब्राजिलले बनाएको सबैभन्दा महँगो स्टेडियम माने ग्रिन्चा हो । जसका लागि ५५० मिलियन डलर खर्च गरिएको थियो ।
रसियाले शितकालिन ओलम्पिकमा ५१ अर्ब डलर खर्च नगरे पनि विश्वकपका क्रममा अहिलेसम्मको खर्च १२ अर्ब डलर नाघिसकेको छ । रसियाले २०१८ को विश्वकप आयोजना गर्न ५१ अर्ब डलर भन्दा कम गर्ने अनुमान गरिएको छ ।
विश्वकपले कसरी पुँजी निर्माण गर्छ ?
फिफाले २०१४ को विश्वकपबाट ४.८ अर्ब डलर आम्दानी गरेको थियो । उक्त आम्दानीबाट फिफालाई २.६ अर्ब डलर नाफा भएको थियो । विश्वकपको प्रत्यक्ष प्रसाणबाट मात्र २ अर्ब ४३ करोड डलर आम्दानी भएको थियो ।
प्रायोजक र टिकट बिक्रीबाट क्रमशः १ अर्ब ६० करोड डलर र ५२७ मिलियन आम्दानी गरेको थियो ।
२०१८ को विश्वकपबाट फिफाले करिब ६ अर्ब डलर आम्दानी गर्ने अनुमान गरिएको छ । यो २०१४ को तुलनमा २५ प्रतिशत बढी हो । यो विश्वकप ३ अर्ब २० करोड मानिसले हेर्ने अनुमान गरिएकोे छ । प्रत्यक्ष प्रसारणतर्फको आम्दानी यो पटक बढेर ३ अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।
नकआउट चरणबाटनै विश्वकपका हस्ती बाहिरिए पछि कम आम्दानी हुने आकलन गरिएको छ ।
अर्जेनटिना , जर्मीनी , प्रचुगल बाहिरिए संगै अनुमान गरिएको आम्दानी भन्दा कम हुने जानकारहरु बताउँछन् ।
FACEBOOK COMMENTS