काठमाडौं, ९ फागुन- नर्भिक अस्पतालले २५ करोड रुपैयाँ लगानीमा ओपिडी भवनको स्तरोन्नती गरी सञ्चालनमा ल्याएको छ ।
अस्पतालले आइतबार दिउँसो ओपिडी भवनको उद्घाटन गर्दै सेवा भवनको स्तरोन्नती गरी सेवा संचालनमा ल्याएको हो ।
अस्पतालले ओपिडी सेवालाई विश्वस्तरीय बनाउने उद्देश्यले ओपिडी भवनको पुननिर्माण गरेको बताएको छ । आफुहरुले निर्माण गरेको ओपिडी भवन सम्भवत नेपालका अस्पतालहरु मध्येकै सबैभन्दा स्तरीय रुपमा निर्माण गरिएकोे भवन रहेको अस्पतालको दाबी छ ।
यसका साथै अब बिरामीहरुले ओपीडी सेवाका लागि लाइनमा कुरेर बस्नु पर्ने झन्झट पनि हटेको अस्पतालले बताएको छ ।
FACEBOOK COMMENTS