काठमाडौं, भदौ १७ – कोरोना संक्रमणका कारण वीर अस्पतालमा १७ वर्षीय युवकको मृत्यु भएको छ । बुधबार बिहान उनको निधन भएको अस्पतालका कोभिड संयोजक डा. अच्युतले कार्की बताए ।
सर्लाही निवासी उनी भदौ १० गते वीरमा भर्ना भएका थिए । ‘झुण्डिएर आत्महत्या प्रयास गरेका रहेछन् । उपचारका लागि यहाँ ल्याइएको थियो,’ उनले भने, ‘ट्राभल हिस्ट्री भएका कारण हामीले कोरोना परीक्षण गरेका थियौं । हिजो मात्रै पोजिटिभ रिर्पोट आएको थियो । उनलाई कुनै दीर्घरोग थिएन ।’
मृतकको शव व्यवस्थापनका लागि सीसीएमसीमा खबर गरिसकिएको उनले जानकारी दिए ।
FACEBOOK COMMENTS