काठमाडौं, साउन २५ – वीरगञ्जमा मृत्यु भएकी एक महिलामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ । नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले वीरगञ्जमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको बताए ।
डा उपाध्यायका अनुसार उनी वीरगञ्जको छपकैया निवासी २० वर्षकी महिला हुन् । ती महिलालाई हिजो नारायाणी अस्पतालमा मृत अवस्थामै ल्याइएको थियो ।
उनको हिजो मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा पोजेटिभ आएको डा. उपाध्यायले जानकारी दिए ।
FACEBOOK COMMENTS