वीरगन्ज — वीरगन्ज आदर्शनगरका एक व्यवसायीले सीमापारि भारतको रक्सौल पुगेर कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाए । उनले वृद्ध आमाबाबुलाई पनि लगेर खोपको दोस्रो मात्रा लगाएका छन् ।
कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो मात्रा वीरगन्जमै लगाएका उनीहरूले लामो प्रतीक्षा गर्दा पनि दोस्रो डोज नपाएपछि गत साता पारि पुगेर लगाएका हुन्। ‘यहाँ त लामो पर्खाइपछि पनि नपाइएलाजस्तो देखियो । सपरिवार पारि गएर दोस्रो डोज लगाउनुप¥यो,’ ती व्यवसायीले भने, ‘पहिलो डोज लगाएको १२ साताभन्दा बढी भइसक्यो । नेपालमै दोस्रो डोज पाइने सम्भावना देखिएन । थोरै प्रयासमा छिमेकी मुलुकबाट यो सुविधा पाइन्छ भने किन नलिने ।’
उनी मात्र नभई दुई सातायता वीरगन्जका थुप्रैले रक्सौल पुगेर कोभिसिल्डको दोस्रो मात्रा लगाएका छन् ।
FACEBOOK COMMENTS