असार १४ — कोरोना संक्रमण मुक्त भइ आइतबार वीरगन्जको गण्डकस्थित नारायणी अस्थायी कोभिड अस्पतालबाट २१ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा पर्साको बिन्दवासनी गाउँपालिकाका १० जना, पोखरीया नगरपालिकाका ५ जना, पटेर्वासुगौली गाउँपालिकाका दुई जना, धोबनीरजिराभवानी, सुखवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकाका एकरएक जना रहेका छन् । तीन महिलासहित २० वर्षदेखि ५६ वर्ष उमेर समूहका २१ जना कोरोना मुक्त भइ डिस्चार्ज भएको नारायणी अस्थायी कोभिड अस्पतालका संयोजक डा।उदय नारायण सिंहले जनाए ।
‘पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो,’ डा।सिंहले भने, ‘डिस्चार्ज हुने २१ जना पर्सा जिल्लाका हुन् ।’ स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार कोरोना निको भइ डिस्चार्ज हुने २१ जनामध्ये ११ जनामा गत जेठ ३२ गते र १० जनामा असार एक गते कोरोना संक्रमण पुष्टि भएपछि अस्थाई कोभिड अस्पताल ल्याइएको थियो ।
अस्थायी कोभिड अस्पतालमा अब ६ जना संक्रमित रहेका छन् ।
FACEBOOK COMMENTS