काठमाडौं, २४ माघ – मोमिनुल हकको शतक बनाएपछि बंगलादेशले वेष्ट इन्डिजलाई पहिलो टेष्टमा ३९५ रनको लक्ष्य पेश गरेको छ।
बंगलादेशले ४७/३ को स्थितिबाट चौथो दिनको सुरूआत गरेको थियो। चौथो दिन थाल्दा मोमिनुल हक ३१ र मुस्फिकर रहिम १० रनको स्थितिमा थिए। रहिमले १८ रन जोडे भने मोमिनुल हकले ११५ रन बनाए। उनलाई लिटोन दासले ६९ रन बनाएर साथ दिए।
बंगलादेशले दोस्रो इनिङमा २२३/८ रनको स्थितिमा इनिङ समाप्तिको घोषणा गरेको थियो।
वेष्ट इन्डिजका रहकीम कोर्नवाल र जोमेल वारिकेनले समान तीन विकेट लिए। शानोन गाब्रीयलले दुई विकेट लिए।
मेहेदी हसनले शतक बनाएपछि बंगलादेशले पहिलो इनिङमा ४३० रन बनाएको थियो। वेष्ट इन्डिजले पहिलो इनिङमा २५९ रन बनाएको थियो।
FACEBOOK COMMENTS