काठमाण्डौँ — बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको निजी निवासमा भएको बम बिस्फोटको घटनाको नेपाल उद्योग वाणिज्य महासंघले निन्दा एवं भत्सर्ना गरेको छ ।
महासंघल व्यक्तिगत सम्पत्तिलाई लक्षित गरी गराइएका यस्ता निन्दनीय कार्य कुनै पनि सभ्य समाजका लागि सह्य हुन नसक्ने बताएको छ ।
राजनीतिक स्थिरता कायम भई मुलुकभित्र आर्थिक विकासको वातावरण बनिरहेको अवस्थामा पुनः यस्ता घटना हुन थालेबाट निजी क्षेत्र अत्यन्त चिन्तित भएको छ ।
यस्ता घटनाले मुलुकलाई कतातर्फ लैजान्छ त्यसतर्फ गम्भीर भएर सोच्न महासंघले सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएको छ ।
मुलुकभित्र शान्ति सुरक्षा र अमन चयनको प्रत्याभुति दिलाउन महासंघले नेपाल सरकार समक्ष माग पनि गरेको छ ।
FACEBOOK COMMENTS