काठमाण्डौं– नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरूलाई वैदेशिक स्रोत परिचालनमा देखापरेका समस्या समाधान गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले निर्देशन दिएका छन् ।
मन्त्री खतिवडाले वैदेशिक लगानीसम्बन्धी प्रक्रिया अगाडी बढाएर निजी क्षेत्र, राष्ट्र बैंक र उद्योगीलाई सहकार्य गरेर काम गर्न निर्देशन दिएका हुन् ।
उनले आन्तरिक स्रोतको परिचालनले मात्र उच्च आर्थिक बृद्धिदर हासिल नहुने भन्दै बाह्य स्रोत परिचालन र प्रवद्र्धनमा समेत ध्यान दिन सम्बन्धीत निकायहरूलाई निर्देशन दिए ।
प्रत्यक्ष वैदेशिक लगानीका आवेदनलाई यथाशक्य छिटो सम्बोधन गर्न आग्रह गरे ।
नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर चिरञ्जीवी नेपाल, बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिषदका पदाधिकारी सहभागी बैठकमा मन्त्री खतिवडाले मौद्रिक नीतिको अर्थ बार्षिक समीक्षामा आधार व्याजदर र निक्षेप तथा कर्जामा लिने व्याजदरको फरकको बारेमा अध्ययन गरी यसतर्फको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
FACEBOOK COMMENTS