काठमाडौं, बैशाख २- सरकारले वैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो ।
त्यसै गरी बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने र सीमा नाका बन्द गर्ने निर्णय पनि गरेको छ ।
नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ। आजमात्रै राजधानीको सन सिटी अपार्टमेन्टमा बस्ने दुई जनामा संक्रमण पुष्टि भएको छ।
FACEBOOK COMMENTS