काठमाडौं । नेपाल बैंकर्स संघले आफ्नो व्यक्तिगत–गोप्य विवरण कुनैपनि व्यक्तिसँग आदान–प्रदान नगर्न आग्रह गरेको छ । अहिले विभिन्न सामाजिक सञ्जाल मार्फत् अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई चिठा परेको र रकम पठाउनका लागी खाता÷व्यक्तिगत विवरण माग गर्ने तथा सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण माग्ने गरेका छन् ।
त्यस्ता व्यक्तिले खाता नम्बर, मोबाईल नम्बर, पासवर्ड प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेको भन्दै यसमा सचेत बन्न आग्रह गरेको छ । संघले यस्ता विषयमा सजक रही आफ्नो व्यक्तिगत÷गोप्य विवरण कुनैपनि व्यक्तिसँग आदान–प्रदान नगर्न आग्रह गरेको । त्यस्तो फोन कल वा कारोबारको शंका लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्न समेत आग्रह गरेको छ । संघले सजकताका साथ डिजिटल बैंकिङ्ग मार्फत् सुरक्षित कारोबार सबैलाई आग्रह गरेको छ ।
FACEBOOK COMMENTS