कृष्ण दुलाल
महासचिव
नाडा अटो एशोसिएसन
नाडा अटो शो हामीले हरेक वर्ष गर्ने गरेको शो हो । हामीले देशभर अटोमोबाइल्सको स्थिति कस्तो भइरहेको छ भन्ने जानकारी दिनका लागि यो शो गर्दै आइरहेका छौं । समग्र उपभोक्ताका लागि हामीले हरेक वर्ष नयाँ–नयाँ ब्राण्डका गाडीहरु ल्याउने गरेका छौं ।
अटो शोमा दुई पाङ्ग्रे र चारपाङ्ग्रे सवारी मात्र होइन, त्यसको लागि आवश्यक पर्ने पार्टस्, लुब्रिकेन्टस्, टायर पनि प्रदर्शनीमा राखिन्छ । यो अटो शो बिक्री गर्नका लागि मात्रै नभएर व्यवसाय प्रवद्र्धनका लागि पनि आयोजना गरिएको हो ।
सम्पूर्ण यातयातहरु एउटै थलोमा राखेर उपभोक्ताहरुलाई जानकारी दिने स्थलको रुपमा सम्पूर्ण जानकारी दिइने छ । नेपालमा हुनै सबै शो मध्य नाडा अटो शो सबैभन्दा ठूलो हो ।
यसमा सडक दुर्घटना नहोस् भनेर रोड सेफ्टिका कुराहरु देखि लिएर यातयात सम्वन्धि आइपर्ने सबै कुराको जानकारी दिनेछौं । यातयातका साधन विक्री, प्रवद्र्धन र सेवाका नाडा अटो शो हो । यो पटकको अटो शोमा बैंक र बीमा कम्पनीको पनि सहभागिता रहने छ ।
FACEBOOK COMMENTS