काठमाडों, ५ कार्तिक – व्यवसायी वसन्त चौधरीलाई कोरोना पोजेटिभ देखिएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत आफूलाई पोजेटिभ भएको उल्लेख गर्नुभएको हो ।
चौधरीले आफूलाई केही लक्षणहरु देखिएको र आफू चिकित्सकको सल्लाहमा रहेको बताउनु भएको छ ।
घरमा नै आइसोलेसनमा बस्नुभएका चौधरीले आफूसँग पाँच दिन देखि सम्पर्कमा रहेकाहरुलाई चिकित्सकको सल्लाह लिन पनि आग्रह गर्नुभएको छ ।
FACEBOOK COMMENTS