काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमीलाई मार्न खोज्ने, उनीहरुको उद्योगमा बम पड्काउने र चन्दा माग्ने गैरकानुनी काम गरेकै कारण विप्लव समूहलाई प्रतिबन्ध लगाएको बताएका छन् ।
विराटनगर पुगेका प्रधानमन्त्री ओलीले राजनीतिका नाममा विप्लव समूहले आपराधिक गतिविधि गरेकै कारण उनीहरुको समूहलाई प्रतिबन्ध लगाइएको दाबी गरे ।
‘विप्लव समूह राजनीतिक दलका रुपमा कतै दर्ता भएको छैन, कुनै कार्यालयमा दर्ता नभएको समूहलाई राजनीतिक दल भन्ने ? जुन संस्था विधिसम्मत छैन, त्यसको के कुरा गर्ने ?’ उनले भने ।
ओलीले ‘दर्ता नै नभएको पार्टीलाई बम पड्काउन दिनु ? मान्छे मार्न दिनु ? त्यस्तो समूहलाई प्रतिबन्ध गर्न खोज्दा नेताहरुको रोईलो किन ?’ भन्ने प्रश्न गर्दै ओलीले भने ‘त्यसको कुनै तुक छैन, सरकारले जे कदम चालको छ, त्यो ठिक छ, त्यो जनताको हितमा छ ।’
FACEBOOK COMMENTS