काठमाण्डौँ – चालू आर्थिक वर्षको बजेट हाराहारीमा विभिन्न मुलुकबाट वस्तु तथा सेवा आयात भएको छ ।
सरकारले चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो ।
बजेटकै हाराहारीमा गएको एक वर्षमा १२ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ ।
गत वर्षको तुलनामा २७.५३ प्रतिशतले व्यापारघाटा बढेर ११ खर्ब ६२ अर्ब १० करोड रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार कुल वैदेशिक व्यापारमा आयात–निर्यात अनुपात ९३.९ः६.१ रहेको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०७४(७५ मा नेपालले १३ खर्ब २४ अर्ब २९ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ ।
जसमा १२ खर्ब ४३ अर्ब २९ करोड २१ लाख १८ हजार रुपैयाँको वस्तु आयात भएको विभागले जनाएको छ ।
– कारोबार
FACEBOOK COMMENTS