मदन तिमल्सेना
तनहुँ -ग्रामीण तथा सहरी भेगका बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच पुर्याउन रुम टु रिड तथा विद्यालयको सहकार्यमा तनहुँ जिल्लामा साक्षरता कार्यक्रम संचालन भइरहेको छ । वुधबार उक्त कार्यक्रम संचालन भएका व्यास नगरपालिका वडा नं १० का बिद्यालयहरुमा व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेको नेतृत्वमा अनुगमन गरियो । उक्त अनुगमन कार्यक्रममा ब्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, शिक्षा शाखा प्रमुख व्यास नगरपालिका नगेन्द्र प्रसाद रेग्मी , ब्यास नगरपालिकाका वडा अध्यक्षहरु तुलसीराम सापकोटा, काशिराम श्रेष्ठ र प्रेम कुमार श्रेष्ठ, शिक्षा शाखाकी सहायक अधिकृत राधा आचार्य , पत्रकार मदन तिमल्सेना र रुम टु रिडका खड्कबहादुर कुबर, हरि प्रसाद आचार्य , राधाकृष्ण हुमागाईं, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका माधवप्रसाद अधिकारी, उज्जवल खनाल , सुस्मा नागिला लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
उक्त टोलीले व्यास नगरपालिका वडा नं १० का दुई बिद्यालयहरु स्री चण्डी देबी राष्ट्रिय मा वि कुमलटारी र श्री शिव मा वि दुम्सीको विद्यालयको अनुगमन गरेका थियो । तनहुँ जिल्लामा रुम टु रिडको आर्थिक सहयोगमा पढनको लागि कोठाको प्राविधिक सहयोग एवम् नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको साझेदारीमा सन् २०१७ देखि सामुदायिक विघालय साक्षरता कार्यक्रम सञ्चालनमा रहेको छ । यस जिल्ला ८४ वटा विद्यालयमा पुस्तकालय कार्यक्रम र सन् २०१७ र २०१८ मा साक्षरता कार्यक्रम गरि जम्मा १८७ विद्यनलयमा रुम टु रिडले काम गरिरहेको छ ।
कार्यक्रमको उद्देश्य पठन सीपको विकास गर्ने ,समुदायको सहभागीता बढाउने , बालमैत्री बसार्इ व्यवस्थापन सहयोग, शिक्षकहरुको क्षमता विकास रहेको छ । यस संस्थाले विद्यालयलाई तीन वर्षका लागि सहयोग गर्ने गरेको छ । त्यस अवधिमा पुस्तकालयको स्थापना गर्ने कार्यक्रम पनि रहेको छ ।
सो अवसरमा व्यास नगरप्रमुख न्यौपानेले यस्ता कार्यक्रमहरु विद्यार्थीहरुको हक हितको लागि राम्रो भएको र यस कार्यक्रम ३ बर्ष मात्र हैन लामो समयसम्म चल्नुपर्ने बताए । उक्त अवसरमा शिक्षा शाखा प्रमुख व्यास नगरपालिका नगेन्द्र प्रसाद रेग्मीले रुम टु रिडर नेपाल र गाजा डेभलपमेन्टको ब्यबस्थापनले गर्दै अआएको कक्षा कोठा व्यवस्थापन, शैक्षिक सामाग्री सहयोग, विद्यालय सहयोग र कक्षा १ र २ को नेपाली भाषा शिक्षकका लागि शैक्षिक तालिम जस्ता कार्यले सिक्ने र सिकाउने कार्यमा उपलब्धी हासिल भएको बताए ।
शिव माध्यमिक विघालय दुम्सिमा कक्षा ६ र ७ मा रुम टु रिडको बालिका शिक्षा
शिव माध्यमिक विघालय दुम्सिमा कक्षा ६ र ७ मा रुम टु रिडले बालिका शिक्षा सन्चालन गरेको छ । बालिका शिक्षा कार्यक्रमले बालिकाहरुमा पर्ने समस्याहरु सजिलै हल गर्न सक्ने, आफुलाई समस्या पर्दा आफ्नो बुवा आमालाई , शिक्षक तथा आफ्नो नजिकको साथीलार्इ सजिलै भन्न सक्ने बनाएको पाईएको छ ।
देशका बालबालिका, किशोरकिशोरी र महिलाका परिवर्तन हुँदै गएका आवश्यकताहरू अनुसार नेपालमा रुम टु रिडले कार्यक्रमहरु गरे पछि केहि परिवर्तन भएको महसुस गरिएको तथ्यांकले देखाएको छ ।
बालिका शिक्षा कार्यक्रम शिक्षामा लैङ्गिक असमानताले प्रभावित बालिकाहरुको शिक्षा केन्द्रीत छ ।यस अन्तर्गत, जिवनोपयोगी सीप, शिक्षा, मेन्टोरिङ, परिवार, विद्यालय र समुदायको संलग्नता,सामग्री सहयोगहरु गर्दै आईएको छ ।
FACEBOOK COMMENTS