मदन तिमल्सेना
तनहूँ, २७ फल्गुण -व्यास १० सेवरमा रामेश्वर ब्रम्हाण समाज गठन गरिएको छ । व्यास नगरपालिका वडा नं १० सेवर वरपर रहेका ब्रम्हाणहरुको फागुन २६ गते सोेमबार रामरामेश्वर मन्दिर परिसरमा एक भेलाको आयोजना गरि समाज गठन गरेका हुन्। भेलाले समितिको अध्यक्षमा कृष्णप्रसाद पौडेललाई सर्वसम्वत चयन गरेको छ । समाजका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष कृष्णभद्र मिश्र, कोषाध्यक्ष पुजा पौडेल, सचिव हरिश्चन्द्र न्यौपाने, सह सचिव शिवराज कोईराला, सदस्यहरु निर्मला तिमल्सेना, तिर्थराज मिश्र, ईश्वरी अधिकारी, मातृका प्रसाद लम्साल, जमुना मिश्र र उज्वल पौडेल रहेका छन् । आदि अनादि कालदेखि पुर्विय दर्शन र संस्कारको संरक्षण गरिरहेका ब्रम्हाणहरुको संस्कार र संस्कृति जोगाउन पनि समाजको आवश्यकता महशुस भएको हुनाले समाज गठन गरिएको बताईएको छ । फागु पुर्णिमाको दिन पारेर आयोजना गरिएको उक्त भेलामा ब्यास १० का सेवर, निवुवाटारी, माथिल्लो सेवर र व्यास ११ रातामाटाक्षेत्रका ब्रम्हाणहरुको उपस्थिति रहेको थियो ।
विभिन्न स्थानका ब्रम्हाण अगुवाहरुसग छलफल गरि यस समाजको कार्यक्षेत्र बिस्तार गर्ने योजना रहेको र यस समाजमा आवद्ध हुन पनि सबै ब्रम्हाणहरुलाई आग्रह गर्ने निर्णय भेलाले गरेको समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।ब्रम्हाण समाजमा रहेका भाषा, धर्म, कला, संस्कृति र संस्कारको संरक्षणको लागि रामेश्वर ब्रम्हाण समाज गठन गरिएको उनले जनाए ।